१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

पोखरमा सुटकेसभित्र युवतीको शव भेटियो

१७ फागुन, काठमाडौँ । पोखरामा सुटकेसभित्र युवतीको शव भेटिएको छ। पोखरा महानगरपालिका-१७ चितेपानी भन्ने खोलाको पुलमुनि सुटकेसमा युवतीको शव भेटिएको हो।

कपडाले बेरेको अवस्थामा सुटकेस देखेपछि आइतबार बिहान ८ बजेतिर स्थानीहरूले प्रहरीलाई खबर गरेका थिए । घाँटी काटिएको अवस्थामा फेला परेको युवतीको शवको  पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।

युवतीको शव पोस्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १७:५९