विराटचोकमा कजारियाको नयाँ शोरूम उद्घाटन
१७ फागुन, काठमाडौं। नेपालमा प्रिमियम टाइल ब्रान्ड कजारियाले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थिति थप सुदृढ बनाएको छ।
महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटचोक र वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक र आकर्षक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, धार्मिक गुरु दीन बहादुर शास्त्री र मिस नेपाल अर्थ २०२२ सरीशा श्रेष्ठको उपस्थिति रहेको थियो।
हिमांशु अग्रवालले उद्घाटन समारोहमा भने, “विराटचोकमा नयाँ शोरूमले केवल टायल बिक्री गर्ने ठाउँ नभई ग्राहकहरूले आधुनिक र नवप्रवर्तनशील टायल विकल्प अवलोकन गर्न सक्ने गन्तव्यको रूपमा काम गर्नेछ। गृहस्वामी, ठेकेदार र वास्तुकारहरूले आफ्नो परियोजनाका लागि उपयुक्त डिजाइनहरू सहजै छनोट गर्न सक्नेछन्।”
सुन्दरहरैचा नगरपालिकाका प्रमुख गुरागाईंले भने, “कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको उपस्थिति स्थानीय रोजगारी र विकासका अवसर बढाउनेछ। यसले गुणस्तरीय उत्पादनहरू सजिलै उपलब्ध गराउने अवसर प्रदान गर्नेछ।”
बेलबारीका प्रमुख राईले थपे, “विराटचोक र वरिपरि तीव्र रूपमा विकास भइरहेको छ। अन्तर्राष्ट्रिय स्तरका विश्वसनीय ब्रान्डको उपस्थितिले निर्माण व्यवसायी, गृहस्वामी र विकासकर्ताहरूलाई आधुनिक आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ।”
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड टायल र सेरामिक वाल टायल समावेश छन्, जुन पानी तथा दाग प्रतिरोधी, बलियो र दीगो छन्।
कजारियाले हाल नेपालभर १०० भन्दा बढी शोरूमको सशक्त सञ्जाल विस्तार गरिसकेको छ, जसले ग्राहकहरूलाई आधुनिक र गुणस्तरीय निर्माण सामग्रीमा सजिलै पहुँच सुनिश्चित गरेको छ।
प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १६:०८










