१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा जोशी नियुक्त

१७ फागुन, काठमाडाैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अनिल जोशी नियुक्त हुनुभएकाे छ । फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँलाई फागुन २३ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १०:२८