अमेरिकी आक्रमणमा मारिए इरानका सर्वोच्च नेता खामेनी, ४० दिन शोक मनाइने
१७ फागुन, काठमाडौँ । अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएका छन । खमेनी मारिएको इरानको राज्य टेलिभिजनले पनि पुष्टि गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले यसको दाबी गरेका थिए । इरानले खामेनीको मृत्युमा ४० दिन शोक मनाउने घोषणा समेत गरेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी समेत गरेको केही घण्टामै इरान राज्यको टेलिभिजनले खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको दिएको बीबीसीले उल्लेख गरेको छ ।
प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार ०७:५६










