१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

१६ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ ।

एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज यहाँ पत्रकारहरूसँग कुरा उक्त जानकारी दिनुभएको हो । आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको बताउनुभयो ।

नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ ।”

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार १६:५८