गोरखाको सिरान्चोकमा भेटियो शंकास्पद विस्फोटक पदार्थ
१६ फागुन, गोरखा । गोरखाको सिरान्चोक गाउँपालिकाको वडा नम्बर २ थालाजुङ, मैपतेमा शंकास्पद विस्फोटक पदार्थ फेला परेको छ । शुक्रबार दिउँसो निर्वाचन प्रचारमा हिँडिरहेको टोलीले विस्फोटक पदार्थ फेला पारेको हो ।
लगत्तै निर्वाचन सुरक्षाका लागि खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले उक्त शंकास्पद विस्फोटक पदार्थ निष्क्रिय बनाएको बताइएको छ ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार कवीन्द्र बुर्लाकोटीको चुनावी प्रचारप्रसारको कार्यक्रम सोही क्षेत्रमा तय गरिएको थियो । सो क्षेत्रमा जाने क्रममा विस्फोटक पदार्थ फेला परेपछि बुर्लाकोटीको टोलीले सुरक्षा संयन्त्रमा खबर गरेको थियो ।
निर्वाचनको मिति नजिकिदैँ जाँदा विस्फोट पदार्थहरू सडक छेउमा भेटिन थालेपछि सुरक्षा चुनाैति बढेको छ ।
प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार ०८:२६










