१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालकलाई बर्खास्त गर्ने तयारीमा राष्ट्र बैंक

१६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले २०८२ फागुन १६ गते प्रकाशित सूचनामार्फत बैंकका तत्कालीन अध्यक्ष डा ओम प्रकाश मिश्र तथा सञ्चालक सदस्यहरू युवराज अधिकारी, उपा कुमारी भण्डारी, टंक बहादुर बस्नेत र निसार अहमद दर्जीलाई पदबाट किन बर्खास्त नगर्ने भन्ने विषयमा स्पष्टीकरण दिन निर्देशन दिएको हो।

राष्ट्र बैंकका अनुसार यसअघि १५ दिनभित्र लिखित सफाइ पेश गर्न पत्राचार गरिएको भए पनि तोकिएको अवधिमा कुनै जवाफ प्राप्त नभएपछि पुनः सार्वजनिक सूचना जारी गरिएको हो। अब सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सम्बन्धित व्यक्तिहरूले आफ्नो स्पष्टीकरण पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

स्पष्टीकरण निम्न स्थानमध्ये कुनै एकमा बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छः

वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटार, काठमाडौं

नेपाल राष्ट्र बैंक, नेपालगञ्ज कार्यालय

व्यवस्थापन समूह, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, केन्द्रीय कार्यालय, नेपालगञ्ज, बाँके

राष्ट्र बैंकले तोकिएको समयसीमाभित्र स्पष्टीकरण पेश नगरे प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने संकेत गरेको छ। समस्याग्रस्त अवस्थामा पुगेको कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी जिम्मेवारीबारे नियामक निकायले कडाइका साथ अनुगमन गरिरहेको जनाएको छ।

प्रकाशित मिति : February 28, 2026 at 6:38 am