१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

नबिल बैंकको ‘हाउजिङ लोन’ योजना सार्वजनिक, ३५ वर्षसम्म कर्जा सुविधा

१५ फागुन, काठमाडौं। नबिल बैंकले घर निर्माण तथा खरिदका लागि ‘नबिल हाउजिङ लोन’ योजना सार्वजनिक गरेको छ। आफ्नै घर बनाउने सपना देखिरहेका ग्राहकलाई लक्षित गर्दै बैंकले आकर्षक ब्याजदर र सरल प्रक्रियासहित कर्जा सुविधा ल्याएको जनाएको छ।

हाउजिङ लोनमा प्रतिस्पर्धी ब्याजदरका साथै छिटो स्वीकृति प्रक्रिया उपलब्ध हुने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत अधिकतम ३५ वर्षसम्म कर्जा अवधि रहने व्यवस्था गरिएको छ । जसले दीर्घकालीन रूपमा घर निर्माण वा खरिद गर्न चाहनेलाई सहजता प्रदान गर्ने बैंकको दाबी छ।

योजनाअन्तर्गत पहिलो वर्षका लागि २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड निःशुल्क जारी गरिने सुविधा पनि रहेको बैंकले जनाएको छ। यसले ग्राहकलाई घर निर्माण वा खरिद प्रक्रियामा थप सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

घर आफ्नै बनाउने यात्रालाई सहज र विश्वासिलो बनाउने उद्देश्यले ल्याइएको यो योजना सर्वसाधारणका लागि लाभदायक हुने अपेक्षा बैंकले लिएको छ ।

थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्रमा ०१–५९७००१५ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिने बैंकले जनाएकाे छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १७:३९