९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

एनआईसी एशिया बैंककाे सेवा अवरूद्ध हुने

१५ फागुन, काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो प्रणाली स्तरोन्नति (सिस्टम अपग्रेड) गर्ने भएकाले केही समय बैंकका सेवाहरू आंशिक रूपमा अवरूद्ध हुने जनाएको छ।

बैंकले एक सूचना जारी गर्दै २०८२ फागुन १७ गते शनिबार राति १२:१५ बजेदेखि १२:४५ बजेसम्म तथा साँझ ८:३० बजेदेखि ९:०० बजेसम्म बैंकका विभिन्न सेवा अवरूद्ध हुने जनाएको हाे ।

उक्त अवधिमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम, पीओएस तथा डेबिट/क्रेडिट/प्रिपेड कार्डमार्फत हुने कारोबार आंशिक रूपमा अवरुद्ध हुन बैंकले जनाएको छ। साे अवधिमा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १७:०२