‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक,तेरियाको अगाडी दया र सौगातको नोकझोक
१५ फागुन, काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको पहिलो लुक्स सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को देखिन्छ । पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपको अगाडि दुई पुरुष दयाहाङ राई र सौगात मल्लबीचबीच शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा जुधाइरहेको दृश्य प्रस्तुत गरिएको छ भने जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया पौजा मगर गम्भीर मुद्रामा बसेकी देखिन्छिन् । पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु संकेत गरेको अनुमान गर्न सकिन्छ।
साथै गाडीको हुटमा कोसेलीका स्वरुपमा सुँगुर,राडीपाखी,तरकारी राखिएको देख्न सकिन्छ। उनीहरु कतै बसाईँ सरेका हुन कि जस्तो पनि लाग्छ। साथै छेउमा डोको र गाग्री पनि देख्न सकिन्छ। यसले दर्शकमाझ उनीहरुको लडाईँ र तेरियाको त्यो बिरक्त लाग्दो अनुहारले दर्शकमाझ कौतुहलता जगाउने देखिन्छ। जुन फिल्मको बलियो पक्ष हो।
उनीहरुबीचको लडाई तेरियाको लागि हो की या अरु कुनैको लागि हो त्यो भने टिजर र ट्रेलरमा देख्न सकिएला। तर यो पोस्टरले भने उनीहरुबीचको लडाइँ के को हो दर्शकमाझ कौतुहलता जगाउन सफल भएको छ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर ९खबपु० लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।
यस फिल्मलाई जनक घर्ती मगरले लगानी गरेका हुन। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको , सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे हुन भने कार्यशाला भोलाराज सापकोटाले गरेका छन्।
पोडक्सन म्यानेजर धन बहादुर राई ९भान्जा०ले गरेका हुन् भने फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर,प्रतीक्षा भाट क्षेत्री हुन्।
त्यसै गरि यो फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइनर नवीन श्रेष्ठले गरेका छन्। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। फिल्मका गीतमा संगीतकार मल्ल,मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्। यस फिल्ममा कोरियोग्राफर मिङ्मा लेप्चाले गरेका छन्।
आरआर फिल्म्स वितरक रहेको यो फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार ११:३६










