घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१५ फागुन, काठमाडौं। स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज भने तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७४० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १०:५३










