१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

परिचय खुलाउने कागजातबाट मतदान गर्न पाइने

१४ फागुन, काठमाडाैं । निर्वाचन आयोगले मतदानका लागि वैकल्पिक परिचयपत्रको व्यवस्था गरेको छ । मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एउटा आधिकारिक कागजात देखाएर सहजै मतदान गर्न पाउने आयोगले जनाएकाे छ ।

यस विषयमा मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सूचना संप्रेषण गरिसकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १५:३६