निर्वाचनको दिन आन्तरिक र वाह्य हवाई उडान यथावत सञ्चालन हुने
१४ फागुन, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिने भएको छ ।
निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडान यथावत सञ्चालनको वातावरण बनाउन अनुरोध गरेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर/बसोबास गर्ने होटलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी तथा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले गृह मन्त्रालयलाई अनुरोध गरेको छ । यसअघिका निर्वाचनमा आन्तरिक उडानका जहाज बन्द गर्ने प्रचलन थियो ।
प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १३:४९










