१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

पुन: सञ्चालनमा आयो महराजगंजस्थित भाटभटेनी सुपर मार्केट

१४ फागुन, काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महराजगंजस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुन: सञ्चालनमा आएको छ ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलगायतले आज विशेष पूजा गरी सुपर मार्केट पुन: सञ्चालन गरिएको हो । आन्दोलनकाे क्रममा पूर्ण रूपमा क्षति पुगेको सुपर मार्केटको भवनमा करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माणपछि  आजबाट पुन: सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १३:४२