१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१४ फागुन, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १०:५३