चुनावको मुखमा सिंगापुर उडे शेरबहादुर देउवा
१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ । स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर प्रस्थान गर्नुभएको हो ।
देउवा बुधबार राति सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १०:०२










