२०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय
१३ फागुन, काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १४:५१










