बुधबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
१३ फागुन, काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कायम भएको छ ।
अघिल्लो दिन पनि यही मूल्यका आधारमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ ।आज चाँदी तोलामा १३० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७१५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १०:५४










