१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

सानिमा रिलायन्स लाइफको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१३ फागुन, काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको थियो । तर सो समयमा उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनैपनि आवेदन प्राप्त नभएकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले उल्लेख गरेको छ ।

इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको १५ दिनभित्र नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार ०९:४०