१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा त्रास फैलायोः एमाले

१२ फागुन, काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि सरकारले देशका विभिन्न भागमा निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ। मंगलबार एमालेले पत्रकार सम्मेलन गरी जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको जनाएको छ।

पत्रकार सम्मेलनका क्रममा एमालेको आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले सरकारका यस्ता कामकारबाहीले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको आरोप लगाउनुभयाे ।

शाहीले मधेस–तराइका विभिन्न जिल्लामा लगाइएको कर्फ्यु आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्‍याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १४:५३