कैलाली-५ का नाउपा उम्मेदवार रास्वपामा प्रवेश
१२ फागुन, काठमाडाैं । प्रतिनिधि सभाको निर्वाचनमा कैलाली-५ का नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएकाे छ ।
मंगलबार रास्वपाको धनगढीस्थित कार्यालयमा पुगेर चौधरीले नाउपा नेपाल छाडेको घोषणा गर्दै रास्वपा प्रवेश गर्नुभएकाे हाे ।
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १२:३७










