१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

१२ फागुन, काठमाडौं । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ । श्रीमती र छोरीको हत्या गरेर ज्वाइँलाई आक्रमण गर्दैगर्दा प्रहरीले गोली चलाउँदा एक जनाकाे मृत्यु भएको हाे ।

मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई १० इन्च लामो धारिलो हतियार प्रहार गर्दा उनीहरूको मृत्यु भएको छ । ५० वर्षीय छत्रबहादुर थापाले श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । ज्वाइँ  ३५ वर्षीय सन्तोषकुमार गम्भीर घाइते छन्। उनकाे उपचार भइरहेकाे जनाइएकाे छ ।

अपार्टमेन्टभित्र एक वर्षको बच्चा पनि रहेको तर उसलाई कुनै चोटपटक नलागेकाे र बच्चालाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको जनाइएकाे छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १२:१६