११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

वीरगञ्जमा हट्यो कर्फ्यू, भोलि बिहानसम्म निषेधाज्ञा

११ फागुन, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। सोमबार बिहान पौने १० बजेदेखि सुरू भएको कर्फ्यू आदेश अपराह्न साढे ४ बजे पछि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयाे ।

साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयाे ।  निषेधाज्ञाको अवधिमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १७:३१