बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल नियुक्त
११ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशक ढुङ्गेललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ। प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुख समेत रहनुभएकी ढुङ्गेललाई यही फागुन ५ गतेको निर्णयअनुसार प्रवक्ता नियुक्त गरिएको हो।
सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १६:११










