११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

लाभांश पारित गर्दै एशियन लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

११ फागुन, काठमाडाैं। एशियन लाईफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा आज कम्पनीकाे अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको हाे ।

उक्त सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आव २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुमोदन भएको छ । साथै, सभाले चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने २५ करोड ५७ हजार ९६०.३५ रुपैयाँ) रकम बराबरको बोनश सेयर र ५.५२६३ प्रतिशत (लाभांशमा लाग्ने कर समेत) ले हुन आउने २७ करोड ६३ लाख ७९ हजार ८५०.९१ रुपैयाँबराबरको नगद लाभाश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

यसैगरी आर्थिक वर्ष.२०८१/८२ (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल सहित पारित भएको छ । सभाबाट आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत पारित भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १५:५३