११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते

११ फागुन, काठमाडाैं । उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। आइतबार बिहान उदयपुरगढी गाउँपालिका-७ अँधेरी जोगी टोलस्थित मदन भण्डारी लोकमार्गमा कटारीबाट गाइघाट आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटना भएको हो।

सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बसको ब्रेक फेल भएर सडकबाट अन्दाजी ३०/४० फिट तल खसेको थियो।

घाइतेहरूमा त्रियुगा नगरपालिका-११ कि २२ वर्षीय मणिका मगर, कटारी नगरपालिका-४ कि ३५ वर्षीय अनिता चौधरी, उदयपुरगढी गाउँपालिका- ७ का ७३ वर्षीय सोममाया मगर, ताप्ली गाउँपालिका-५ का ४० वर्षीय प्रकाश भुजेल, त्रियुगा नगरपालिका-७ चुहाडेका २१ वर्षीय रेशिका बस्नेत, रौतामाई गाउँपालिका-७ का १७ वर्षीय तिलक बस्नेत, उदयपुरगढी गाउँपालिका टाडेका १० वर्षीय दिपेश तामाङ, कटारी नगरपालिका-४ १९ वर्षीया पवित्रा श्रेष्ठ छिन्।

त्यस्तै त्रियुगा नगरपालिका-५ कि २० वर्षीया रेश्मा बस्नेत, कटारी नगरपालिका-२ गोलपार्ककी ६० वर्षीय सोममाया परियार गम्भीर घाइते छिन्। त्यस्तै बसका सहचालक कटारी नगरपालिका-३ बस्ने २७ वर्षीय नितेश बुढाथोकी, कटारी नगरपालिका-५ का ७८ वर्षीय दलबहादुर तामाङ, कटारी-४ का १५ वर्षीय प्रेम तामाङ, ताप्ली गाउँपालिका-५ रूपाटारका २८ वर्षीय सुवास नेपाली र कटारी-४ का १५ वर्षीय सुजन तामाङ छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १४:५८