दमकको भ्यूटावर सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता
११ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन शाहले दमकको भ्यूटावर नागरिकको उपयोगिता हुने गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएकाे छ ।
झापा-५ को चुनावी वाचापत्र सार्वजनिक गर्दै बालेनले पूर्वाधारतर्फ दमकको भ्यूटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे । ‘दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ ।’ वाचापत्रमा भनिएको छ।
त्यस्तै पूर्वाधार निर्माणतर्फ दमक रवि चिसापानी सडक पनि सम्पन्न गरी संचालनमा ल्याउने उल्लेख गर्नुभएकाे छ । त्यस्तै दमकलाई पूर्वी नेपालको आइटी हबको रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गर्ने, भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने वाचापत्रमा उल्लेख गर्नुभएकाे छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १३:४८










