२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

फेरि बढ्यो अण्डाको मूल्य, प्रति क्रेट कति ?

११ फागुन, काठमाडौं । अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले सूचना जारी गर्दै अण्डाको समर्थन मूल्य बढाएको जनाएको हो।

संघका अनुसार आजदेखि लागू हुने गरी एक्सएल अण्डा प्रति क्रेट रु. ४९५, ठूलो अण्डा प्रति क्रेट रु. ४७५ र मिडियम अण्डा प्रति क्रेट रु. ४४५ कायम गरिएको छ।

गत साता संघले तोकेको मूल्यअनुसार एक्सएल अण्डा प्रति क्रेट रु ४४५, ठूलो अण्डा रु ४२५ र मिडियम अण्डा रु ३७५ रहेको थियो।

प्रकाशित मिति : 13:04