नेपाल लाइफको ५० हजार कित्ता सेयर बिक्रीमा
११ फागुन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी उदय प्रसाद ओझाको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम सो सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूका लागि कम्पनीले ३५ दिनको समयावधि दिएको छ ।
सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले तोकिएको समयावधिभित्र काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै, उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरूबाट सो सेयर खरिदका लागि कुनैपनि निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार ११:५६










