प्रभु इन्स्योरेन्सको ११ लाख कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?
११ फागुन, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएकाले उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
संस्थापक सेयर बिक्री गर्दा कम्पनीका विद्यमान संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था भएकोले संस्थापक सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरूले काठमाडौंको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा सम्पर्क राखी सेयर खरीद गर्न निवेदन दिनु पर्नेछ।
साथै, तोकिएको समयअवधिभित्र संस्थापक शेयरधनीबाट उक्त सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त हुन नआएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार ११:४५










