११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

हकप्रद सेयरबापतको रकम जम्मा गर्न सेयरधनीलाई युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

११ फागुन, काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आधारभूत सेयरधनीहरूलाई आफ्नो हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो ।

उक्त रकम लक्ष्मी सनराइज बैंकमा रहेको कम्पनीको खातामा जम्मा गर्न कम्पनीले भनेको छ । तोकिएको समयसीमाभित्र रकम नबुझाए कानुनी प्रावधानअनुसार प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

कम्पनीले गत माघ २७ गते नेपाल धितोपत्र बोर्ड बाट हकप्रद निष्कासनको स्वीकृति प्राप्त गरिसकेको छ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार ११:३६