बालेनको बाचापत्रः झापा ५ को सुकुमबासी समस्या एक हजार दिनमा समाधान गर्ने
११ फागुन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गर्नुभएकाे छ । रास्वपाबाट झापा-५ मा उम्मेदवार रहनुभएका शाहले झापा ५ मा रहेका सुकुमबासी र भूमिहीनहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
उनहाँले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने बाचापत्रमा उल्लेख गर्नुभएकाचे छ । ‘झापा-५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ,’ शाहको बाचा पत्रमा उल्लेख छ।
बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ल्यान्ड बैंकको व्यवस्था गर्ने पनि उल्लेख रहेकाे छ । स्वास्थ्यसँग सम्बन्धमा उनले दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालको रूपमा स्तरोन्नति गर्ने बाचा पत्रमा उल्लेख छ।

प्रकाशित मिति : February 23, 2026 at 11:29 am







