सुनको मूल्यमा निरन्तर वृद्धि, कतिमा हुँदैछ कारोबार ?
११ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार ११:०५










