११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

एनएमबी लघुवित्तका सेयरधनीको हात खाली, लाभांश नदिने

११ फागुन, काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । फागुन १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ पश्चात कुनै लाभांश वितरण गरेको छैन।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १०:४३