११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

चराैँदी बस दुर्घटनामा दुई विदेशीसहित २८ जना घाइते (सूचीसहित)

११ फागुन, काठमाडौँ । पोखराबाट काठमाडौँ आँउदै गरेको बस त्रिशुलीमा खस्दा १७ जनाको मृत्यु भएको छ भने एक चिनियाँ र एक न्यूजिल्याण्डको नागरिकसहित २८ जना घाइते भएका छन । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको भए पनि घाइतेहरूको पहिचान खुलेको छ ।

धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा दुर्घटनामा गर्दा घाइते भएका २८ जनाको नाम सार्वजनिक भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

घाइतेहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार ०६:५९