दुर्गा प्रसाईलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली
१० फागुन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहाईको माग गर्दै समर्थकहरुले मोटरसाइकल र्याली निकालेका छन्। माइतीघर मण्डलामा भेला भएका समर्थकहरुले भद्रकालीसम्म र्याली निकालेका हुन् ।
प्रसाईलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा गत सोमबार प्रहरीले भक्तपुरस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १६:४९










