१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

१० फागुन, काठमाडौं ।  निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगले २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको उहाँले बताउनुभयो । यसबारेमा भने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १६:३०