१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

सरकारी धाराबाट करिब ५६ लाखकाे गरगहना चोरी

१० फागुन, काठमाडौं । काठमाडौंको सरकारी धाराबाट करिब ५६ लाख रूपैयाँ बराबरको धनमाल चारी भएको छ । काठमाडौं महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा गरी बस्ने बाग्लुङ घर भएकी ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हाे ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १६:०३