१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

नुवाकोटका साजन तामाङ काठमाडौंकाे गोंगबुबाट पक्राउ

१० फागुन, काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेटसहित नुवाकोट तार्केश्वर गाउँपालिका-५ घर भएका २९ वर्षीय साजन तामाङलाई
शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १२:१६