स्रोत नखुलेको १४ लाख नगदसहित एक जना पक्राउ
१० फागुन, काठमाडौं । सिराहाको औरहीबाट प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका(५ औरही चोकबाट सिराहाकै बरियारपट्टी गाउँपालिका(३ शिवनगर बस्ने २१ वर्षीय संजित कुमार यादव रहेका छन् । उनलाई स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले स.१० प ४०५ नम्बरको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको हो । उनको साथबाट नगदसँगै एक थान मोबाइल पनि बरामद भएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ११:५५










