८ चैत्र २०८२, आईतवार | Mon Mar 23 2026

सन नेपाल लाइफको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण

१० फागुन, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ । नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गर्नुभयाे। उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार, नयाँ स्थानबाट ग्राहकलाई अझ सहज, व्यवस्थित र गुणस्तरीय बीमा सेवा प्रदान गरिनेछ। शाखाबाट पोलिसी सेवा, प्रिमियम संकलन तथा दाबी प्रक्रिया सम्बन्धी सेवा उपलब्ध हुनेछन् ।

सन नेपाल लाइफले सेवा विस्तार र पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै देशभर आफ्नो उपस्थितिलाई सुदृढ गर्दै आएको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देश भर १४८ शाखा तथा उप शाखा संचालनमा रहेका छन्।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ११:३७