सङ्खुवासभामा भूकम्पको धक्का
१० फागुन, काठमाडौँ । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पले के कति असर पुर्यायो भन्ने यकिन जानकारी प्राप्त भएको छैन ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १०:१९










