गौरमा अनिश्चितकालीन कर्फ्यु
९ फागुन, रौतहट । जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम गौरमा आज अपराह्न १ः०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
गौर नगरपालिका–६ सवगढा गाउँमा आज बिहान दुई पक्षबीच पुनःझडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रसम्म कर्फ्यु आदेश जारी भएको हो ।
प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार १६:५९










