२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

माघ महिनामा १ खर्ब ८४ अर्बको आयात

८ फागुन, काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउनदेखि माघ)सम्ममा ११ खर्ब २३ अर्बको आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा १३.६५ प्रतिशत बढेको हो।

सो अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्षको माघ १ महिनामा मात्रै १ खर्ब ८४ अर्ब रूपैयाँको आयात भएको छ।

त्यस्तै, यो सात महिनामा निर्यात ३२ प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब रूपैयाँ पुगेको छ।  गत आर्थिक वर्षको यो अवधिसम्ममा एक खर्ब २७ अर्ब रूपैयाँको निर्यात भएको थियो। चालु आर्थिक वर्षको माघ महिनामा मात्रै भने २६ अर्ब १२ करोडको निर्यात भएको हो।

माघसम्ममा सात खर्ब ९७ अर्ब रूपैयाँ व्यापार घाटा भएकाे छ। त्यस्तै, आयात निर्यात अनुपात ६.६१ प्रतिशत छ।

प्रकाशित मिति : 17:56