स्रोत नखुलेको साढे ११ लाखसहित एक जना पक्राउ
८ फागुन, काठमाडाैं । महोत्तरीको मनरा शिसवा नगरपालिका–३, सोनौल बजारबाट स्रोत नखुलेको नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअनुसार सम्सी गाउँपालिका–७ बस्ने गौतम साहलाई बिहीबार दिउँसो ११ लाख ५१ हजार ३ सय रुपैयाँसहित पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरी टोलीले पोखरभिण्डाबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२–००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारेको जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १६:०७










