कसैका घोषणापत्र, कसैका बहिष्कारपत्रका छनक आउँदैछन्ः गोकुल बास्कोटा
८ फागुन, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनको विषयमा अझै पनि अन्योलता सिर्जना गर्ने प्रयास भइरहेको बताउनुभएकाे छ । नेता बास्कोटाले निर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा पनि वातावरण अन्योल पार्ने प्रयास भइरहेकोबताउनुभएकाे हाे ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘चुनाब त खै के ?खै के? हुन्छ कि के हो? बाहिर प्रचार जोडतोड छ,भित्र साटाकसुटुक बढ्दो छ।कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक दिने बक्तब्य।जाली कुरा नगरी भन -डुङगा तार्ने आफै हौ वा अरु? थप पानी नधमिल्याउ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १५:०४










