लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?
७ फागुन, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले शाखा प्रबन्धक पदका लागि आवेदन आह्वान गरेको छ। बैंकले वरिष्ठ अधिकृत, अधिकृत तथा कनिष्ठ अधिकृत तहमा केही शाखाहरूका लागि कर्मचारी माग गरेको हो।
बैंकले इनरुवा, रुपनी, कोहलपुर र हरैंचा शाखामा एक–एक जना र अन्य प्रदेशका शाखाहरूमा पनि आवश्यकता अनुसार पदपूर्ति गरिने जनाएको छ। मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नातकोत्तर उत्तीर्णलाई प्राथमिकता दिइने जनाइएकाे छ । इच्छुक तथा योग्य नेपाली नागरिकले बैंकको वेवसाइटबाट सम्बन्धित पदमा आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १५:३७










