७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छः केपी शर्मा ओली

७ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शमौ ओलीले देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको निर्वाचनका लागि बिहीबार एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई प्रयोगशाला बनाउन खोजिएको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १३:३१