७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

रास्वपा बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले दिए राजीनामा

७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी छाड्नुभएकाे छ। उहाँले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष राजीनामा घोषणा गर्नुभएकाे छ ।

हुमागाईँ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे– २ का उम्मेदवार हुनुहुन्छ । बिहीबार दिएको राजीनामामा उहाँले पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमा नैतिक विचलन आएकोले आफूले यो निर्णय लिएको उल्लेख गर्नुभएकाे छ ।

हुमागाईँले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप पनि लगाउनुभएकाे छ । रास्वपामा पछिल्लो समय उम्मेदवार चयन प्रक्रियामा चलखेल बढेको र आर्थिक पारदर्शीतामाथि प्रश्न उठाउँदै पार्टी छाड्नेको संख्या बढेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १२:००