कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर कार्यक्रम
७ फागुन, काठमाडाैं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम राखेको जनाएको छ। जनकपुरमा बुधबार प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी आजै हुने कार्यक्रममा गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने गर्नुहुने भएको हो ।
आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा–तपाईको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।
‘राजनीतिक दलहरू जबाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नु पर्छ। तपाईँका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी राष्ट्रिय सभा गृहमा हुने छौँ। प्रश्नहरूका साथ कार्यक्रममा उपस्थित भइदिनु हुन् सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु,’ सभापति थापाले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।
प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार ११:१०










